पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

तामसालिङ खबर
१ भाद्र २०७७, सोमबार ०८:२५

भदौ, काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य पुनः बढाएको छ ।

निगमले आइतबारराति १२ बजेबाट लागू हुने गरि पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँका दरले बढाएको हो ।

बढेको मुल्य अनुसार पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

यसअघि निगमले पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*