‘मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट’ अनलाइन प्रतियोगिता हुने
साउन, काठमाण्डौ – सिजन मिडिया द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०” पहिलो अनलाइन भिडियो ट्यालेन्ट संकरणको आयोजना गर्ने भएको छ ।
उपत्यका नेपालभर रहेका विवाहित महिला तथा गृहणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मानोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने अदेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको वताउछन सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त । महिलाहरुको आफ्नो आन्तरिक एक्टीङ कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदी क्षेत्रमा आत्मविश्वास अभिवृद्धि गर्न कलामनोरन्जनलाई ध्यानमा राखेर समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाइ अनलाइनमार्फत विस्तार गरिन लागिएको हो ।
विगत १२ वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले यस वर्ष कोरोना महामारीको कारण विगत वर्षहरुमा गर्दै आएको कार्यक्रमहरु स्थगित गरि यस महामारीको अवस्थामा घरमा वस्नुभएको दिदीवैनीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले अनलाइनमार्फत यो नयाँ भिडियो कार्यक्रम गर्न लागेको हो ।
उक्त कार्यक्रममा ५ विधामा प्रतियोगीहरुले सहभागीता गर्न पाउनेछन एक जनाले एक विधामा मात्र सहभागीता जनाउन सक्नेछन , प्रतियोगीले १ मिनेट देखि ३ मिनेट सम्मको भिडियो मोवाइल अथवा अन्य क्यामरावाट खिचेर आयोजकालाई भाइवर नं 9801344835वा इमेल seasonmedia2010@gmail.com मार्फत भाद्र २१ गते सम्म भिडियो पठाउन सक्नेछन ।
एक विधामा २० जना प्रतियोगीहरुले सहभागीता गर्न पाउनेछन भने यो कार्यक्रममा नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुले सहभागीता गर्न पाउनेछन । पहिलो छनोट कार्यक्रम पछि उक्त भिडियोहरु सिजन मिडियाको अफिसियल फेशवुकमार्फत सार्वजनिक गरिने छ भने लाइक सेयर कमेन्ट भोटीङ र निर्णायक मण्डलको मुल्याङकनवाट प्रत्येक विधामा ३ जना विजेता छानौट २०७७ साल आगामी असोज महिनाको द्रोस्रो सातामा हुने छ ।
प्रतियोगिताका विजेताले “मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०” को ताज सहित फ्रिज, टिभि, भ्याकुप किलनर आदी घरायसी सामानहरु उपहार स्वरुप प्रत्येक विधाका ३-३ जना विजेतालाई प्रदान गरिने छ साथै उक्त पुरस्कार लकडाउन खेलेपछि एक कार्यक्रम विच प्रदान गरिने छ साथै विजेताहरुको निसुल्क कोरोना विमापनि पनि गरिने छ साथै विजेताहरुलाई गिफ्ट भौचरको रुपमा लेटमिइनको तर्फवाट पनि उपहार प्रदान गरिने छ ।
विजेताहरुलाई विभिन्न समाजसेवामा आवद्ध गराउनुका साथै विज्ञापन, म्यूजिक भिडियो खेल्ने अवसर साथै फोटोसुटको पनि सेवा प्रदान गरिने छ ।