डायस्पोरिक कवि गोष्ठी सम्पन्न

ताम्सालिङ खबर
३२ श्रावण २०७७, आईतवार ०७:४६

साउन, हेटौंडा – झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २५५ औं साहित्य शृङ्खलाका अवसरमा शनिबार डायस्पोरिक कवि गोष्ठी गरेको छ । जुम एपमार्फत गरिएको कार्यक्रममा विभिन्न ९ देशबाट १२ जना कविहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा क्यानडाबाट अनमोलमणि, जापानबाट उमेश तिमल्सिना, भारतबाट जीविका अश्रु, अष्ट्रेलियाबाट जेनन नेपाल, कतारबाट तिर्थ संगम राई, पोर्चुगलबाट मुना चौधरी, बेलायतबाट सुनिल संगम, इजरायलबाट सुरेन्द्र प्रसाईँ, अमेरिकाबाट वासुदेव खनाल, दीपा राई पुन, दुर्गा रिजाल र मनु लोहरुङ राई गरी १२ जना कवि तथा कवयत्रीहरूले आफ्ना दुइदुइवटा काव्य सिर्जना प्रस्तुत गरेका थिए ।

अतिथि कविहरूका साथमा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, निवर्तमान अध्यक्ष उद्धव सापकोटा, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, आँचल साहित्यकला पुञ्ज कार्यवाहक अध्यक्ष अनिता न्यौपाने, झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सदस्य सन्तराम राईलगायत विभिन्न विद्यालयमा अध्ययनरत नव सर्जक हरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो । संस्थाका सचिव मसान उपासकले सहजीकरण गरेको कार्यक्रममा झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको थियो ।

कोरोना भाइरसको महामारीकाबीच पनि मकवानपुरमा विभिन्न साहित्यिक संघ संस्थाले आफ्ना नियमित कार्यक्रमहरु प्रविधिमार्फत गर्दै आएका छन् । सोही क्रममा झरना साहित्यिक परिवार मकवानपुरले पनि प्रतिकुल समयका बाबजुद आफ्ना नियमित र विशेष कार्यक्रमहरु प्रविधिमार्फत गर्दै आइरहेको छ । अघिल्लो महिना संस्थाले अन्तरप्रदेश कवि गोष्ठीको आयोजना गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*