मकवानपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
१ भाद्र २०७७, सोमबार ०६:२९

साउन, हेटौडा – मकवानपुरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा आइतवार गरिएको परीक्षणमा मकवानपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ की २३ वर्षीया महिला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ की ४० वर्षीया महिला र मनहरी गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै मकवानपुरमा कोरोना संक्रमितको कूल संख्या १ सय ७१ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*