वीरगञ्जमा पत्रकार सहित ४७ जनामा कोरोना पुष्टि

तामसालिङ खबर
३२ श्रावण २०७७, आईतवार १४:०८

साउन, वीरगञ्ज – प्रदेश नम्बर २ को वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पत्रकार सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षकी वृद्ध महिला रहेका छन् ।

नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार शनिबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका ४५ जना सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बीरगन्ज महानगरपालिका स्थित रहेको नारायणी अस्पतालका ७ जना कर्मचारी रहेका छन् ।

टिभी पत्रकार १ जना, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्षका १ जना मृगौला रोगीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*