हेटौंडाको ग्लोबल आइएमई बैंक शिल
साउन, हेटौडा – हेटौंडा उपमहानगर २ कान्तिराजपथको ओम भवनमा रहेको ग्लोबल आइएमइ बैंकमा शिल गरिएको छ । बैंकका शाखा प्रमुखलाई कोरोना पुष्टि भएपछि बैंक क्षेत्र शिल गरेको हो ।
हेटौंडा वडा नम्बर २ का वडा अध्यक्ष हरि राउतको उपस्थितिमा वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले शिल गरेको हो । स्वास्थ्य सुरक्षाका लागि संक्रमण देखिएको उक्त क्षेत्र शिल गरिएको छ ।