कतारबाट स्वदेश फर्कने सूचीमा मकवानपुरका ७८ जना

अनिल पराजुली
३० श्रावण २०७७, शुक्रबार ०७:४०

कतार – कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुर जिल्लाका ७८ जना परेका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट स्वदेश फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुर जिल्लाका ६ महिला सहित ७२ जना पुरुषको नामावली प्रकाशित गरेको छ ।

दूतावासद्वारा जारी सूचीमा मकवानपुर जिल्लाका १६ जना बेतलबी बिदामा, २७ जना कतार आइडी र भिसाको म्याद सकिएको र ३५ जनाले रोजगारी गुमाएको र श्रम करार अवधि समाप्त भएकाले उनीहरुलाई घर जाने सूचीमा राखिएको छ । २६ जुन देखि ११ अगष्ट २०२० सम्म दूतावासको सम्पर्कमा आएका तथा फारम भरेकाको सूची दूतावासले सार्वजनिक गरेको हो ।

यसअघि पहिलो र दोश्रो सूचीमा एकसय बढी मकवानपुरेको नाम प्रकाशित भएको थियो । हाल कतारमा मकवानपुर जिल्लाबाट करिव २२ हजार मकवानपुरे रोजगारीका लागि आएको अन्तरास्ट्रिय समन्वय परिषद् संयोजक तथा मकवानपुर मिलन केन्द्र दोहा कतारका संरक्षक सरोज पुडासैनीले जानकारी दिए ।

कोरोनाको महामारी फैलिएपछि कतारबाट चार्टर उडान मार्फत ५ हजार नेपाली स्वदेश फर्केका छन् भने लकडाउन पश्चात विभिन्न कारणले मृत्यु भएका ४० नेपालीको शव समेत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

कोभिडका कारण कतारमा हजारौं नेपालीहरुले रोजगारी गुमाएका छन् भने समयमै स्वदेश फर्कन नपाउदा उनीहरु थप पीडित बनेका छन् । लामो समय नियमित हवाइ उडान बन्द हुँदा यहाँ रोजगारी गुमाएर बसेका श्रमिकहरु समस्यामा रहेका छन् । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*