बागमती प्रदेशमा २ हजार ३ सय ६३ जनामा कोरोना पुष्टि

तामसालिङ खबर
३० श्रावण २०७७, शुक्रबार १८:५६

साउन, हेटौडा – बागमती प्रदेशमा २ हजार ३ सय ६३ जनामा कोरोना पुष्टि भइसकेको छ । विहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्याङक अनुसार प्रदेशभर २ हजार ३६३ जनामा कोरोना पुष्टि भएको देखिन्छ । बुधबार प्रदेशमा १ सय ९६ जना नयाँ संक्रमित थपिएका थिए ।

विहीबारको तथ्याङकमा हाल सम्म काठमाडौंमा १२७९ जना, ललितपुरमा १९० जना, भक्तपुरमा १०८ जना, रसुवामा १२ जना, नुवाकोटमा ६७ जना, धादिङमा १५९ जना, चितवनमा १६६ जना, सिन्धुलीमा ३९ जना, रामेछापमा ५१ जना, दोलखामा १९ जना, काभ्रेमा ५१ जना, सिन्धुपाल्चोकमा ७९ गरी जम्मा २३६३ संक्रमित भेटिएको मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले बताए । प्रदेशमा हाल सम्म कोरोनालाई जितेर ६२७ जना निको भई डिस्चार्ज भएका छन् ।

विश्व महामारीको रुपमा रहेको कोभिड १९ रोग बाट हाल सम्म नेपालमा २४ हजार ९५७ जना संक्रमित भएको अवस्थामा ९५ जनाले ज्यान गुमाइसकेका छन् । बागमती प्रदेशमा भने १७ जनाको ज्यान गएको मन्त्रालयका कोभिड प्रवक्ता डा.सेढाईले बताएका छन् ।

प्रदेशमा सबैभन्दा बढी संक्रमित काठमाडौंमा देखिएको छ भने सबैभन्दा कम रसुवामा देखिएको छ । पहिलो सातामा काठमाडौं पछि मकवानपुरमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*