नयाँ फिल्ममा आर्यन सिग्देल अनुबनिधत
साउन, काठमाडौं – अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनी निर्देशक विशाल सापकोटाको नयाँ फिल्मका लागि अनुबनिधत भएका हुन् ।
निर्देशक विशाल सापकोटा र अभिनेता आर्यन सिग्देलले सँगै खिचेको फोटो सामाजिक सञ्जालमा राखिएपछि उनीहरु नयाँ फिल्मका लागि काम गर्न लागेको धेरैले अनुमान गरेका थिए ।
केहि दिन अगाडी निर्देशक सापकोटाले आर्यनसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेपछि धेरैले ‘अर्जुन रेड्डी’ को तयारीका लागि हो भन्ने प्रश्न गरेका थिए । यसको जवाफ फर्काउदै विशालले यो फिल्मका लागि नभई अर्को प्रोजेक्टको लागि आर्यनसँग टिमअप भएको जानकारी दिएका छन् ।
दुवैजनासँगै पोखरामा रहेका निर्देशक र अभिनेता लोकेसन हेरिरहेको अनुमान गरिएको छ । विशालको निर्देशनमा बनेको फिल्म ‘सेल्फी किंङ’ फ्लप भएको थियो ।