मकवानपुरमा ४ जनामा संक्रमण पुष्टि

तामसालिङ खबर
२१ श्रावण २०७७, बुधबार १९:२२

साउन, हेटौंडा – मकवानपुरमा बुधबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार बिहानको रिपोर्टमा दुईजना र साँझको रिपोर्टमा दुई जनामा गरि ४ जनामा संक्रमण पुष्टि भएको कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।

बिहान प्राप्त रिपोर्टअनुसार मकवानपुरगढी गाउँपालिका–५ का ७० वर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका–९ की ४६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।

त्यस्तै, साँझ प्राप्त रिपोर्टअनुसार हेटौंडा–२ बस्ने २२ वर्षीय पुरुष र बारा जिल्लाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*