१२ अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार

तामसालिङ खबर
२० श्रावण २०७७, मंगलवार १५:१९

साउन, काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि १२ अस्पताललाई तोकेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले यस पद्धतिबाट कोभिड–१९ का गम्भीर अवस्थामा पुगेका सङ्क्रमितको उपचार गर्न र अनुसन्धान गर्नका लागि नौ सरकारी र तीन निजी अस्पताललाई स्वीकृति दिएको जानकारी दिए । कोभिड–१९ को गम्भीर अवस्थाका बिरामीलाई यस विधिबाट उपचार गरे बचाउन सकिन्छ ।

उनका अनुसार सरकारी अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रे, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल विराटनगर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगञ्ज र सेती अस्पताल धनगढी रहेका छन् ।

यसैगरी निजी अस्पतालमा मेडिसिटी अस्पताल काठमाडौँ, ग्राण्डी अस्पताल र ह्याम्स अस्पताल रहेका छन् । अनुसन्धानमा संलग्न हुनका लागि प्रत्येक अस्पतालबाट एकजना फिजिसियन चिकित्सक र संयोजक तोकिएको छ ।

नेपालमा पहिलोपटक शिक्षण अस्पतालमा ६० वर्षका एक सङ्क्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*