भदौ १५ बाट विद्यालय सञ्चालनको तयारी

तामसालिङ खबर
१२ श्रावण २०७७, सोमबार ०८:१८

साउन, काठमाडौँ – बन्द रहेको विद्यालयमा भदौ १५ गतेदेखि नियमित पठनपाठनको तयारीमा सरकार जुटेको छ । कोरोना भाइरसको महामारीले बन्द रहेका विद्यालय ५ महिनापछि सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको हो ।

जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना खुलिसक्ने र त्यसको १५ दिनको अवस्था विश्लेषण गरेर नियमित पठनपाठनको तयारी सुरू गराउने विषयमा सरकारी अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ । सरकारले यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि खुला गर्ने निर्णय गरिसकेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार सरकारले विद्यार्थी भर्नाको तयारीका लागि १५ दिन समय दिने र त्यसपछि नियमित पठनपाठन सुरु गर्ने गरेकाले यसपटक पनि त्यो सम्भावना रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*