कुलमान घिसिङको चार वर्षे कार्यकाल भदौपछि सकिदै

ताम्सालिङ खबर
१८ श्रावण २०७७, आईतवार ०८:१५

साउन, काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिना पछि सकिने भएको छ ।

प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।

चार वर्षको यो अवधिमा घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्दै घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्याएका छन् । काठमाडौँका मुख्य क्षेत्रमा विद्युतको तारलाई भूमिगत गराइदै छ भने रुग्ण आयोजनाको निर्माण सम्पन्न भएको तथा विद्युत चुहावट घटाएर प्राधिकरणको सुधारका लागि घिसिङले महत्वपूर्ण योगदान गरेका छन् ।

प्राधिकरणको नेतृत्व रिक्त हुनै लाग्दा कतिपयले नयाँ कार्यकारी निर्देशकका लागि लबिङ समेत सुरू गरेको बुझिएको छ । तर, राम्रो काम गरेकाले घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने जनदबाब सरकारमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*