भदौ १ गतेदेखि लामो दूरीका यातायात संचालन हुने

तामसालिङ खबर
९ श्रावण २०७७, शुक्रबार १८:३१

साउन, काठमाडौं – लामो दूरीका यातायात भदौ १ गतेदेखि संचालन हुने भएको छ । सरकारले भदौ १ गतेदेखि खुल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यस्तै साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ ।

हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमाति छ । साउन १५ बाट भने होटल पनि खुल्ने भएका छन् । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने प्रवक्ता खतिवडाले जानकारी दिए । त्यस्तै सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ ।

साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट विद्यालयमा भर्ता खुला गर्ने निर्णय गरेको उनले बताए । यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ । यस्तै छोटो, मध्यम र लामो दुरीका सवारी साधन पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।

साउन १५ देखि होटल रेस्टुरेन्ट , ट्रकिङ व्यवसाय खुल्ने भएका छन् । तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ । संक्रमण बढ्यो भने सरकारले खुला गरेका क्षेत्र पुन बन्द गर्न सक्ने समेत निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*