‘मायालु तिमी-२’ सार्वजनिक

तामसालिङ खबर
१ श्रावण २०७७, बिहीबार १८:४८

साउन, काठमाडौं – गायिका स्मिता दाहालको आवाजमा रहेको ‘मायालु –२’ गीत सार्वजनिक भएको छ । यो भन्दा अगाडी सार्वजनिक भएको भाग १ ‘मायालु तिमी कता छौँ’ गीतले निकै चर्चा कमाएको थियो ।

उक्त गीतको सफलतापछि ‘मायालु तिमी कता छौँ-२’ गीत सार्वजनिक भएको हो । गज्जब टिभीकाे युट्युव च्यानल मार्फत बिहिबार दिउँसाे भिडियाे सार्वजनिक भएकाे हाे । गीतमा आवाज गायिका दाहालको साथमा गायक राजनराज शिवाकोटीको रहेको छ ।

गीतमा शब्द दिनेश थपलियाको छ भने संगीत गायक शिवाकोटीकै रहेको छ । भिडियोमा अभिनेता तथा मोडल पल शाह र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको छ । भिडियो कोरियोग्राफी विक्रम सवारको रहेको छ भने भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*