अबदेखि विद्यार्थीले १० हजार डलरसम्म साट्न राष्ट्र बैंकको स्वीकृत लिनु नपर्ने

तामसालिङ खबर
१५ श्रावण २०७७, बिहीबार ०६:१०

साउन, काठमाडौं – नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले परीक्षालगायतका विभिन्न शुल्क विदेश पठाउँदा १० हजार डलर बराबरको सटही सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा भएको संशोधन नयाँ व्यवस्था थप गर्दै शिक्षक संस्थाले आवश्यक कागजपत्र समावेश गरी अनुमति लिनुपर्ने उल्लेख गरेको छ ।

‘इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले विदेशी विश्वविद्यालयको सम्बन्धमा सरसकारको अनुमति लिइ खुलेका नेपालस्थित शिक्षण संस्थाहरुलाई सम्बन्ध परीक्षालगायतका शुल्कको भुक्तानीका लागि देहाय बमोजिमका कागजात लिई अमेरिकी डलर १० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन सक्नेछन्,’ निर्देशिकामा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*