कोरोना विरुद्धको खोप पत्ता लगाएको रुसको दावी

तामसालिङ खबर
२९ असार २०७७, सोमबार ११:५९

एजेन्सी – रुसको एक विश्वविद्यालयले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप पत्ता लागेको दाबी गरेको छ । सेचनोव विश्वविद्यालयले खोपको परीक्षण सफल भएको दाबी गरेको हो ।

विश्वविधालयको प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयार चुकलाई उद्धृत गर्दै परीक्षणमा खोप प्रभावकारी देखिएको रुसस्थित तास मिडियाले जनाएको छ । ‘सोध पूरा भएको छ र यसबाट खोप पूर्ण रुपमा सुरक्षित रहेको पनि प्रमाणित भएको छ,’ इलिनाले भनेकी छिन् ।

खोप परीक्षण गरिएका स्वयंसेवकहरुलाई १५ जुलाईदेखि २० जुलाई सम्ममा डिस्चार्ज गरिनेछ । विश्वविद्यालयले जुन १८ मा १८ जना स्वयंसेवकलाई खोप लगाएको थियो भने २३ जुनमा अन्य २० जनाको समूहमा परीक्षण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*