घरेलु रक्सीलाई ब्राण्डिङ गर्नुपर्छ – सांसद राई

तामसालिङ खबर
६ श्रावण २०७७, मंगलवार ०९:२३

साउन, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकी प्रदेश १ की सांसद उषाकला राईले घरेलु रक्सीका पक्षमा लविङ गर्न थालेकी छन् । घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न उनले सरकार सँग माग समेत गरेकी छन् ।

मंगलबार काठमाडौंमा केही संचारकर्मीहरुसँग अन्तरक्रिया गर्दै सांसद राईले विदेशी महंगा रक्सी भित्र्याएर करोडौं पैसा विदेश पठाउने तर नेपाली रक्सी खाल्डोमा बगाउने व्यवस्थाको चर्को आलोचना गरिन् । स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेकी हुन् ।

उनले प्रदेश एक सरकारलाई कोदोको रक्सी उत्पादन गर्न ऐन ल्याउन सुझाव दिदै आवश्यक परे आफूले गैह्रसरकारी विधेयक प्रदेश संसदमा दर्ता गराउने बताइन् । नेपालमा कोदोको रक्सी, गाँजा र सक्तचन्दनलाई प्रतिवन्ध गरिएको भन्दै त्यसलाई ऐनमार्फत नियमन गरी राष्ट्रिय अर्थतन्त्र सँग जोड्नु पर्ने उनले तर्क गरिन ।

अहिले नेपालमा दुई खर्ब बढीको विदेशी रक्सी आयात भइरहेको तर नेपाल मै उत्पादन हुने रक्सीलाई माटोमा मिलाइएछ, उनले भनिन्, आवश्यक नियमन गरी गुणस्तरीय रक्सी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्दछ । घरेलु उद्योगको रुपमा कोदोको रक्सी उत्पादन गरी हजारौं युवा र महिलालाई स्वरोजगार बनाई करोडौं आम्दानी गर्न सक्ने उनको तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*