‘सलह पक्रीएर ल्याए १ हजार केजिको १ लाख दिने’ – कृषीबिज्ञ मदन राई

तामसालिङ खबर
१४ असार २०७७, आईतवार २२:२६

असार, काठमाण्डौ – कृषी बिज्ञ मदन राईले कसैले सलह किरा समाएर हामी शुभद्रा मदन फाउण्डेशनमा ल्याइदिए किलाेकाे नगद १ सय रुपैयाले १००० किलाे सम्म ल्याए नगद १ लाख नगद भूक्तानी दिने बताएका छन ।

उनले थप्दै फेसबुकमा लेखेका छन, हामी १ हजार किलाे मध्ये बिध्यार्थीलाइ मज्जाले भुटेर माछामासुकाे सट्टामा बिभिन्न परिकार बनाएर ख्वाउँछाैं । केही हामीसंग भएकाे पशुपंछीकाे दाना बनाउँछाैं । सिद्राकाे सट्टामा याे प्रयाेग गर्नेछाैं । केही हामीसंग भएकाे सबैखाले पंछीलाइ ख्वाउनेछाैं । तर यसलाइ मार्ने बहानामा बिष किनेर घुस नखाम अनि वातावरण बिषालु नबन समेत अनुरोध गरेको छन ।

कृषी बिज्ञ मन्दन राई भन्छन, ‘याे बाक्लाे आयो भने अलिक ठूलाे कपडा दूइजनाले दुइछेउमा तानेर सलह छैकाैं। एकै ठाउँमा एकैपटक पाँच दस किलाे समाउन सकिन्छ । पातलाेलाइ पनि समाउने वा खेदेर बाली जाेगाउने । सलह सबैजसाे पंछीकाे खाना हाे । जंगली पंछीपनि माेटाउने भाे। मूख्य कुरा हाम्राे धानकाेदाे,मकै, आलु, तरकारी-फलफुल बाली जाेगाउनु हाे। घाँसपनि जाेगाउँ। तर पहिलाे अन्न जोगाउ।’

मदन राई ‘६७’ कृषिविज्ञका रुपमा प्रतिष्ठित नाम हो । गरिबी र अशिक्षाले ग्रस्त समाजमा जन्मी हुर्केका राई पहिलो अक्षर त्यो बेला सिके जुन बेला उनको उमेर ९ वर्षको थियो । पढाईमा अब्बल राईले कृषिमा बिएससी गरे । १७ वर्ष जागिर खाए ।

अमेरिकामा पिएचडी गर्दागर्दै यूएनका जागिर खान गए । विश्वका धेरै मुुलुक, त्यहाँको समाजलाई नजिकबाट नियालेका राई नेपालका ७७ जिल्ला त पैदल नै घुमेका छन् भने सबै जिल्लामा कृषिको अनुभब समेत गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*