मिसनको उपचारको लागि कोरियाबाट आर्थिक सहयोग

तामसालिङ खबर
७ श्रावण २०७७, बुधबार १०:३४

साउन, हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीका १४ बर्षीय मिसन क्षेत्रीको उपचारको लागि पदमपोखरी कोरिया समुहले आर्थिक सहयोग गरेको छ ।

पदमपोखरी कोरिया समुह वडा नम्बर १२/१३ ले मकवानपुर कोरिया मन्चको सहकार्यमा सहयोग संकलन गरेर पठाएको १ लाख ६० हजार २५ रुपैया मंगलवार सहयोग रकम हस्तान्तरण गरेका हुन ।

वडा नम्बर १३ का वडा अध्यक्ष मनोज वाइबाको उपस्थितीमा मकवानपुर कोरिया मन्चको अध्यक्ष राजकुमार गोले, पूर्वअध्यक्ष दुर्गाप्रशाद दाहालले मिसनको आमालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

मिसनको केहि वर्ष देखि टाउको दुख्ने समस्या देखिएको र उपचार गर्ने क्रममा टाउकोमा पिप जमेको पुष्टि भएपछी थप उपचारको लागि सहयोग रकम पठाएको अभियान्त सुर्य रुम्बाले बताउनु भयो ।

मकवानपुरे गायक सुर्य रुम्बा र  शिशिर पाख्रिनको नेतृत्वमा सहयोग अभियान चलाएको थियो । हाल मिसनको स्वास्थ्य अवस्था सामान्य रहेता पनि नियमित स्वास्थ्य परिक्षण गराइरहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*