नेपालमा ठूलो भूकम्प आउन सक्ने अनुसन्धानकर्ताले चेतावनी

तामसालिङ खबर
६ श्रावण २०७७, मंगलवार ०८:०७

एजेन्सी – नेपालमा फेरि एक पटक ठूलो भूकम्प आउन सक्ने अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युनिभर्सिटी अफ अल्बर्टाका अनुसन्धानकर्ताले नेपालमा फेरि ठूलो भूकम्पको खतरा देखिएको चेतावनी दिएका छन् ।

नेपालमा पेट्रोलियम पर्दाको खोजीका क्रममा जमिनमा भित्रबाट फरक तरिकाको आवाज सुनिएको र टेक्टोनिक प्लेट्समा लगातार बदलाव आएको अनुसन्धानकर्ताको निष्कर्ष रहेको छ ।

अनुसन्धानकर्ताले नेपालको पश्चिमी क्षेत्रमा अबको भूकम्पले ठूलो क्षती व्यहोर्नुपर्ने जनाएका छन् । नेपालमा आउने भूकम्पका लागि गंगा नदीको बहाव क्षेत्रमुनि भएको परिवर्तन मुख्य जिम्मेवार रहेको इण्डियाटाइम्सले जनाएको छ । अल्वर्टा विश्व विद्यालयका अनुसन्धानकर्ता माइक डुवाल र उनको टोलीले नेपालको हिमालय क्षेत्रको जमिनको अध्ययन गरेको थियो ।

आफूहरुले जमिन भित्रको सतहमा आएको परिवर्तनलाई रेकर्ड गरेको अनुसन्धानकर्ताले बताएका छन् । भूकम्प २०७२ सालभन्दा ठूलो हुनसक्ने अनुमान उनीहरुको छ । डुवाल नेतृत्वको टोलीले नेपालको जमिनका विभिन्न तहको अध्ययन गरेको छ ।

नेपालको पहाडी क्षेत्रको जमिनको तह गंगा नदीको तहसँग जोडिएको छ । गंगा नदीको बहाव क्षेत्रमुनि ठूलो हलचल चलिरहेको र त्यसको आवाज नेपालको हिमालय क्षेत्रमा पनि सुनिएको छ ।

अनुसन्धानकर्ता डुवालले हिमालय क्षेत्रको मुनि जमिनको तह उल्झन प्रकारको देखिएको छ । यो नेटवर्कका कारण ठूलो भूकम्प आउन सक्ने र त्यो लामो समयसम्म शक्ति संचय गरेर धान्न नसक्ने अवस्थामा पुगेको उनको दावी छ ।

नेपालमा सन् २०१५ अर्थात २०७२ सालमा ठूलो भूकम्प आएको थियो । अनुसन्धानकर्ताले नेपालमा छिट्टै ठूलो भूकम्प जाने र त्यसले नेपालको अवस्था भयावह बनाउने दावी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*