नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु

तामसालिङ खबर
२८ असार २०७७, आईतवार १०:३९

असार, काठमाण्डौं – नेपालमा कोरोना भाइरसको कारण थप ३ जनाको मृत्यु छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए ।

काठमाडौंको सिंनामगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा काठमाडौं गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुष, बानेश्वर-१० का ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*