बैंकको व्याज र किस्ता रकम तिर्न ताकेता गरिएको भन्दैं हेटौंडामा बिरोध प्रदर्शन
असार, हेटौडा – कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनको मारमा परेका उद्योगी र व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले ऋणको किस्ता र व्याज रकम तिर्न ताकेता गरिएको भन्दैं मकवानपुर उद्योग वाणिज्य संघको पहलमा उद्योगी, व्यवसायीले शुक्रबार हेटौंडामा प्रदर्शन गरिएको छ ।
विरोध प्रदर्शनमा वाणिज्य संघमा आवद्ध सम्पूर्ण वस्तुगत संघहरु सहित उद्योग संघ मकवानपुर,होटल व्यवसायी संघ मकवानपुर, पुरानो नारायणी यातायात व्यवसायी कम्पनी, निर्माण व्यवसायी संघ, प्याव्सन मकवानपुर, एनप्याव्सन मकवानपुर, नारायणी यातायात कम्पनि प्रा.लि, सार्वजनिक यातायात प्रालि, माछामासु व्यवसायी संघसंग आवद्ध व्यवसायीहरुले विरोध प्रदर्शन गरेका थिए ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा मकवानपुरका उद्योगी व्यवसायीहरुको सहभागितामा बैंक व्याज र किस्ताको दवावको विरुद्धमा विरोध प्रदर्शन गरिएको हो । संघको भवन अगाडीबाट विरोध ¥याली निकालेर बुद्धचोकमा आएर विरोध गरेको थिए ।