बढी भाडा लिएको बिषयमा दुतावासमा उजुरी परेको छैन – कार्यवाहक राजदुत थापा

सरकारले तोकेको भाडमा काम गर्न सकिँदैन – कुवर
शुभराज भोम्जन
२६ असार २०७७, शुक्रबार १८:०८

दक्षिण कोरिया – दक्षिण कोरियाका लागि कार्यवाहक राजदुत रामसिं थापाले चार्टर फ्लाइटबाट नेपाल जाने कसैले पनि दुतावासमा बढी भाडा लिएको बिषयमा उजुरी नगरेको बताएका छन । केएमई टुर्स एण्ड ट्राभल्सले नेपाल सरकारले तोकेको भन्दा बढी भाडा उठाएर कोरियन एयरलाइन्सको बिमानमा कोरिया देखि नेपाल सम्मको उडान भरिरहेका छन ।

गत बुधवार दुतावासले चार्टर फ्लाइटमा सरकारले तोकेको भन्दा बढी भाडा लिएको खण्डमा उजुरी गर्नको लागि अनुरोध गरिएको थियो । नेपाल सरकारले प्रतिब्यक्ती ६ सय अमेरिकी डलर भाडा तोकिदिएको छ । त्यसमा विमान चार्टर गर्ने पक्षले तोकेको भाडाको ५ प्रतिशत अतिरिक्त सेवा शुल्क लिन पाउने भनिएको छ ।

त्यसो भनिएता पनि विमान चार्टर गर्ने पक्षले भने प्रतिब्यक्ती ६ सय ९१ अमेरिकि डलर भाडा लिई रहेका छन । उक्त भाडादर सरकाले तोकेको भन्दा लगभग नेपाली १० हजार बढी लिएको देखिन्छ । शुक्रबार मात्रै २ सय ४८ जना यात्रुहरु बढी भाडा तिरेर नेपाल फर्केका छन ।

कार्यवाहक राजदुत थापालाइ ट्राभल्सले बढी भाडा उठाएको प्रति दुतावासको एक्सन के हुन्छ भनेर प्रश्न गर्दा उनले भने हामीले कार्वाही गर्न मिल्दैन, माथिल्लो निकाय वा कोरिया एयरलाइन्सको आधिकारिक एजेन्सिलाइ खबर गर्दिने मात्रै हो अरु हामीले गर्न मिल्दैन भनेका छन । थापाले आउदो १५ जुलाइको लागि तय गरेको फ्लाइट भने हुन सक्ने सम्भावना कम रहेको बताए ।

सरकारले तोकेको भाडमा काम गर्न सकिँदैन 
केएमई टुर्स एण्ड ट्राभल्सको प्रमुख बिनोद कुवरले ट्राभल्सले तोकेको भाडामा तलमाथी नहुने बताएका छन । कुवरले सरकारले तोकेको भाडामा काम गर्न नसक्ने स्पष्ट पारेका छन ।

उनले भने कोरियन एयरको आधिकारिक एजेन्सी जिएसएले काम गर्न अनुरोध गरेपछि यात्रीहरुको अवस्थालाई ध्यानमा राखेर काम गरेको बताए । आफ्नो कुरालाइ निरन्तर दिदै कुवरले भने कोरियन सरकारलाइ तिर्नुपर्ने कर महङ्गो भएको र यात्रीहरुको लागि एयरपोर्ट सम्म जाने बस, सेनिटाइजर जस्ता अतिरिक्त सेवादिनु पर्दा उठाएको भाडादर महङ्गो नभएको बताए ।

केएमइले पहिलो लटमा २ सय २८ जना र आज (शुक्रबार)को फ्लाइटमा २ सय ४८ जनालाई नेपाल उडाएका छन । त्यसैगरी आउदो १५ जुलाइको लागि तय गरेको फ्लाइट हुने नहुने कन्फर्म नरहेको समेत बताए । नेपालमा जारी रहेको लकडाउनको कारण यात्रीहरुले बढी भाडा तिर्न बाध्य भएका छन । शुक्रबारको फ्लाइटमा रहेका एकजना यात्रीले नाम नखुलाउने सर्तमा भने बढी भाडा तिर्न मन त थिएन तर बाद्यताले तिर्नै पर्यो भन्दै गुनासो गरेका छन ।

यसरी सरकारले तोकेको भन्दा भाडा उठाएर चार्टर फ्लाइट गराउने पक्षलाइ सरकारले केही एक्सन लिन्छ या लिदैन त्यो त हेर्नै बाकी छ । अप्ठेरोमा परेका यात्रीहरुलाई मर्का पर्ने गरि सरकारको निर्णयलाई उल्लङ्घन गर्दै बिल्कुल नाफामुखी चार्टर फ्लाइटले केही सुबिधा त दिएको छ तर प्रतिब्यक्ती लगभग नेपाली दस हजार रुपैया बढी भाडा लिदा ती यात्रीहरुलाइ झनै मर्का परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*