ओली र प्रचण्डको विवाद समाधान गर्न नेकपाको दोस्रो पुस्ता

तामसालिङ खबर
२६ असार २०७७, शुक्रबार ०९:१६

असार, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन्।

एक सातादेखि अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले ठोस निर्णय गर्न नसकेपछि दोस्रो पुस्ताका नेता तातेका हुन् । दोस्रो पुस्ताका नेताले प्रधानमन्त्री ओली र प्रचण्ड पक्षीय समूहलाई एकजुट बनाउने सूत्रको खोजी सुरु गरेका हुन् । बिहीबार कृषिमन्त्री घनश्याम भुसालहित ११ नेताले पार्टी नेतृत्व मिलाउने विषयमा छलफल गरे।

सिंहदरबारमा भएको छलफलले पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेको छ। दोस्रो पुस्ताको रणनीति नेतृत्वसम्म पुर्याउने र दबाब दिने तयारी नेताहरुको छ।

दोस्रो पुस्ताका नेताले हस्ताक्षर, प्रदर्शन, धर्ना र सामाजिक सञ्जालमा गाली र तालीको अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार सिंहदरबारमा भएको छलपलमा नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मणि थापा, जनार्दन शर्मा, वर्षमान पुन लगायत सहभागी थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*