प्रभावकारी बन्न सकेन, अनलाइन शिक्षा

तामसालिङ खबर
२६ असार २०७७, शुक्रबार ०८:५५

असार, काठमाडौं – कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षा जस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिक लगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानीबाहिर विद्यार्थीको उपस्थित राम्रो छैन ।

खासगरी सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आउनै सकेका छैनन् भने सरकारी विद्यालयका शिक्षकले अध्यापनमा जाँगर देखाउन सकेका छैनन् । निजी विद्यालयका शिक्षकले चैत यता तलब नपाए पनि अध्यापन भने गरिरहेका छन् ।

ललितपुरस्थित प्रगति माध्यमिक विद्यालयमा दुई सातादेखि मात्रै कक्षा ९ देखि माथिल्लो कक्षामा अनलाइनबाट पढाउन थालिएको छ । त्यसमा २५ प्रतिशत जति विद्यार्थीको उपस्थिति हुने गरेको विद्यालयका प्रधानाध्यापक सूर्य घिमिरेले जानकारी दिनुभयो ।

धेरै विद्यार्थीसित इन्टरनेट सुविधा छैन, कतिपय सित मोबाइल, ल्यापटप छैन, कति विद्यार्थीको घरमा एकभन्दा बढी विद्यार्थी हुुँदा अनलाइन कक्षाको समय जुध्ने गरेका कारण अनलाइन कक्षामा विद्यार्थीको सहभागितामा वृद्धि हुन नसकेको जनाइएको छ ।

त्यसभन्दा मुनिको कक्षामा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र ती विद्यार्थीले रेडियो तथा टेलिभिजनबाट सिकाइलाई निरन्तरता दिएको उहाँको भनाइ छ । बल्ल कक्षा ८ बाट तल्लो तहका विद्यार्थीलाई पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*