नेपालमा भारतीय न्युज च्यानलहरु प्रसारण बन्द

तामसालिङ खबर
२६ असार २०७७, शुक्रबार ०७:३८

काठमाडौं – विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ)ले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै दूरदर्शनबाहेक भारतीय च्यालन बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्याक्ष ध्रुव शर्माले जानकारी दिए ।

शर्माले विदेशी न्युज च्यानल चाहेको समयमा बन्द गर्न सक्ने सन्देश दिन यो निर्णय गरेको बताए । उनले यसरी च्यालन बन्द गर्दा २५–३० लाख दर्शकले टेलिभिजन नदेख्ने तर करोडौंको हातमा मोबाइल एपबाट आएका गलत सूचना रोक्ने जिम्मा सरकारको हो ।’

पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*