माक्स लगाएर मात्र हिड्न हेटौँडा उपमहानगरको आग्रह

तामसालिङ खबर
२५ असार २०७७, बिहीबार १८:११

असार, हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले माक्स लगाएर मात्र हिडन आग्रह गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट बच्नको लागि माक्स अनिवार्य रहेको भन्दै उपमहानगरले सार्वजनिक सूचना जारी गरेको छ ।

स्थानीय तहको आग्रहललाई उलंघन गरेको पाईएमा नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ । सूचनामा नियमित साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने, भिडभाड नगर्ने समेत भनिएको छ ।

कोभिडको संक्रमणलाई न्युनिकरणको लागि सरकारले पनि नेपालको सबै ७७ जिल्लामा घरबाट बाहिर निस्कदा अनिवार्य माक्स लगाउनुपर्ने नीति लागु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*