प्रेमिल भाव दर्शाउदै अमिर र पुर्णिमा (भिडियो)

तामसालिङ खबर
२५ असार २०७७, बिहीबार ०९:०५

असार, हेटौंडा – माया प्रेममा आधारित तामाङ भाषाको नयाँ गीत ‘एला लिला’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रको सदाबहार नायक अमिर दोङ र मोडल पुर्णिमा लामा थोकरको अभिनय रहेको छ।

चर्चित गायिका जितु लोप्चन र गायक प्रशान्त दोङको आवाजमा सजिएको गीतमा आशिक तामाङ दोङको शब्द रहेको छ । गीत कर्साङ लामाको संगीत तथा एरेञ्जमा तयार भएको हो । भिडियोलाई म्हारमेन मिडियाको अफिसियल युट्युब च्यानल मार्फत ल्याएको छ ।

प्रेमिल जोडीको रोमान्टिक भावना समेटिएको गीतको म्यूजिक भिडियोलाई गंगाराम राईले खिचेका हुन् । नायक दोङकै निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोमा हेरुका लामाको कोरियोग्राफी रहेको छ ।

भिडियो हेर्नुहोस् – 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*