राक्सिराङको पलाँसेमा स्वास्थ्य केन्द्र उद्घाटन

तामसालिङ खबर
२५ असार २०७७, बिहीबार ०८:१४

असार, हेटौंडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नंं ३ पलाँसेमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरिएको छ । बुधबार एक समारोहका विच राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्लले स्वास्थ्य केन्द्रको उदघाटन गरे ।

मल्लले भौगोलिक दृष्टिकोणले बिकट राक्सिराङमा सामन्य उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताए । विगतमा झाक्रीमा विश्वास गर्ने र अकालमा मृत्यु हुनेको संख्या धेरै हुने गरेको स्मरण गर्दै उनले हरेक वडामा स्वास्थ्य संस्था स्थापना भएको र गुणस्तरीय सेवामा जोड दिइएको बताए ।

यसवर्ष गाउपालिकाको १,३ र ८ नम्बर वडामा नयाँ स्वास्थ्य केन्द्र स्थापना गरिएपछि गाउपालिकाको सबै वडामा स्वास्थ्य संस्था को पहुँच पुगेको उनको भनाइ छ । यसबर्ष गाउपालिकाले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेको र निकट भविष्यमा गाउपालिकामा १५ शैयाको अस्पताल निर्माणको योजना रहेको उनले बताए ।

वडा नं ३ का अध्यक्ष बाबुलाल स्याङतानले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने दिन अब नआउने बताए । स्वास्थ्य संस्थाको पहुच गाउँगाउँमा पुगेको बताउदै उनले स्थानीयमा अस्पताल माथीको विश्वास बढ्दै गएको बताए । वडा कार्यालय ले स्वास्थ्य संस्थाको भवन लगायतका पुर्वाधार निर्माणमा विशेष पहल गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा नेकपा राक्सिराङका इन्चार्ज बनस्तम थिङ, नेपाली कांग्रेस राक्सिराङका सभापति बिरेन्द्र जिम्बा, राक्सिराङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बिजय कापरि, जिल्ला समन्वय समितिका सदस्य सानुकान्छी स्याङतान, राक्सिराङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, बिभिन्न वडा अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राक्सिराङ १,२ े र ३ का ९ जना महिला स्वास्थ्य स्वयं सेविका हरुका लागि ब्याग र छाता बितरण गरिएको थियो । त्यस्तै वडा अध्यक्ष बाबुलाल स्याङतानले व्यक्तिगत रुपमै स्थानीय विपन्न एकल महिला धुन्ची प्रजाको स्वास्थ्य बिमा गरिदिएको कार्ड हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*