प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछोड्ने प्रधानमन्त्री ओलीको अडानमा

तामसालिङ खबर
२५ असार २०७७, बिहीबार ०७:४९

असार, काठमाडौँ – नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार (आज) छलफल हुन्छ/हुन्न भन्ने टुंगो पनि छैन ।

आइतबार आरोप/प्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र मंगलबार अध्यक्ष दाहालले आफ्ना कुरा खुलस्त राखे। सहमतिको उपाय खोज्न बुधबार साँझ दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो ।

‘बुधबारको छलफल झन् बिग्रियो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड ९दाहाल० दुवै जना आ-आफ्नै अडानमै रहनुभयो’, नेकपा सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि प्रधानमन्त्रीले पार्टी बैठक राखेर बहुमतबाट निर्णय गर्नुहोस् न किन पछि हटिरहनुभएको छ भन्नुभएछ ।

फेरि चर्काचर्की भएर उहाँहरू उठनुभएछ । ’दाहालले बुधबार प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्न ओलीसमक्ष माग गरे। तर, ओलीले पार्टीका नेताहरूले भनेकै आधारमा आफूले दुवै पद नछोड्ने अडान लिए । खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*