अहिलेकै गतिमा संक्रमण फैलिए विश्वभर अक्सिजनको अभाव हुने – डब्लुएचओ

तामसालिङ खबर
२५ असार २०७७, बिहीबार ०७:१७

एजेन्सी – कोरोना संक्रमितको संख्या १ करोड पुग्न लागेसँगै विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओले विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएका छन् । संगठनका प्रमुख टेड्रोस एडहानोमले अहिलेकै गतिमा संक्रमण फैलिए विश्वभर अक्सिजन दिने मेशिनको समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् ।

अहिले पनि कयौं देशले अक्सिजनको अभाव झेलिरहेको र केही समयपछि यो समस्या झनै बढ्ने उनको भनाइ छ । विश्वमा प्रत्येक दिन डेढ लाख बढि संक्रमित थपिने गरेका छन् ।

हरेक हप्ता करिब १० लाख संक्रमित फेला पर्ने गरेका छन् । यो जटिल परिस्थितीलाई ध्यानमा राखेर अक्सिजन उत्पादन गर्ने मेसिन बनाउनतर्फ ध्यान दिन डब्लुएचओले आग्रह पनि गरेको छ ।

विश्वमा प्रत्येक दिन ८८ हजार बढी अक्सिजन सिलिण्डर र ६ दशमलब २० लाख क्युबिक मिटर अक्सिजन जरुरी देखिएको छ । तर सो माग अहिले पूर्ति हुन सकेको छैन । डब्ल्यूएचओले हालसम्म १४ हजार अक्सिजन दिने मेशिन गरेको छ । आगामी हप्ता ति मेशिन १ सय २० देशमा पठाउने योजना उसको छ ।

पछिल्लो समय दक्षिण अमेरिकी मुलुकमा महामारी फैलिएको छ । यस क्षेत्रमा मृत्यु हुनेको संख्या एक लाखभन्दा बढी पुगिसकेको छ । कतिपय देशहरुमा पछिल्लो हप्ता २५ देखि ५० प्रतिशतले वृद्धि भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*