प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

तामसालिङ खबर
२४ असार २०७७, बुधबार ०७:०६

असार, काठमाडौं – सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो । थापा प्रहरीको २८ औं महानिरीक्षक हुन बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरिएको हो ।

महानिरीक्षकका लागि थापासँग प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल प्रतिस्पर्धामा थिए । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्री र पाललाई सरकारले गत फागुन १५ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।

थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन् । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्री र पाललाई सरकारले गत फागुन १५ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*