भीमफेदीमा चेपाङ परिवारको नि:शुल्क स्वास्थ्य विमा

तामसालिङ खबर
२२ असार २०७७, सोमबार ११:३९

असार, हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिकाले सिमान्तकृत एवम् आर्थिक रुपले बिपन्न चेपाङ परिवारहरुको स्वास्थ्य बिमा गरिदिएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको १ सय ४० परिवारको ५ सय ५९ जनाको स्वास्थ्य विमा गरेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

चालु आर्थिक वर्ष २०७६/७७ को कूल ५ लाख २८ हजार २ सय रुपैँया लगानीमा बिमा गरीएको र कूल एक करोड ११ लाख ८० हजार सम्मको रिक्स कभरेज हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*