माक्स नलगाई हिंड्नेलाई प्रहरीले कार्बाही गर्ने

तामसालिङ खबर
२२ असार २०७७, सोमबार १०:२६

असार, काठमाण्डौ – मास्क नलगाइ हिंड्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । लकडाउन खुकुलो बनाएपछि मास्कविना नै मान्छे घरबाहिर हिँड्दा जोखिम झनै बढेको भन्दै सरकारले मास्क नलगाउनेलाई पक्राउ गर्ने भएको हो ।

गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन पनि दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

भौतिक दुरी कायम राख्ने, धेरै मानिस भेला हुन नपाउनेलगायतका स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने र त्यसो नभएमा कारबाही हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*