नेपाल एयरलाइन्सका पाइलटसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि

तामसालिङ खबर
२२ असार २०७७, सोमबार ०६:१९

असार, काठमाडौं – नेपाल वायु सेवा निगमका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए । नियमित उडानमा सहभागी एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोना पुष्टि भएपछि चालक दलका अन्य सदस्यको पनि पीसीआर परीक्षणको तयारी गरिएको छ । उनीहरुलाई कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल गर्ने तयारी गरिएको छ ।

नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेको स्रोतले बताएको छ । उनीहरु होटल सोल्टीका कर्मचारीहरुसँग नियमित सम्पर्कमा रहेको हुँदा होटलका कर्मचारीहरुमा समेत कोरोना संक्रमण हुन सक्ने आशंका गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*