तामाङ समाज अमेरिकाले वार्षिकोत्सवको अवसरमा २० हजार डलरको कोष स्थापना

निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीको लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले कोष स्थापना
तामसालिङ खबर
१७ असार २०७७, बुधबार ०९:१४

असार, न्युयोर्क – तामाङ समाज अमेरिकाले स्थापना भएको दोस्रो वार्षिकोत्सव भब्य मनाएको छ । न्युयोर्कको भ्याली स्ट्रिम पार्कमा समाजका पदाधिकारीहरुको सहभागितामा दोस्रो वार्षिकोत्सव सम्पन्न भएको हो ।

बार्षिक उत्सबको अबसरमा समाजले लोकसेवा मार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ बिद्यार्थीको लागि प्रदान गर्ने उद्देश्यले २० डलर बराबरको ‘लोकसेवा परीक्षा उत्प्रेरणा कोष’ स्थापना गरिएको समाजका अध्यक्ष सानुमाया तामाङले बताउनु भयो ।

नेपालको निजामती क्षेत्रमा तामाङ जातिको अत्यन्तै नगन्य मात्रामा उपस्थिति रहेको सन्दर्भमा लोकसेवा परीक्षा मार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको समाजका अध्यक्ष तामाङले बताउनु भयो । यो परियोजना नेपालको स्थानीय संस्थासँग सहकार्य गरेर सञ्चालन गरिने बताइएको छ ।

कोषको लागि वार्षिकोत्सवकै दिन सहभागीहरूबाट १२ हजार ५ सय अमेरिकी डलर सङ्कलन भएको र बाँकी अपुग रकम समाजका शुभचिन्तकहरूबाट सङ्कलन गरिने कोषाध्यक्ष तुलबहादुर तामाङले बताए ।

विश्वव्यापी कोरोना महामारीको कारण समुदायको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै दोस्रो वार्षिकोत्सव कार्यक्रम सीमित घेराभित्र रहेर गरिएको समाजका महासचिव विनीता तामाङले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*