धरान उपमहानगरले ‘तीन पाने रक्सी’ लाई ब्रान्डिङ गर्ने

तामसालिङ खबर
१७ असार २०७७, बुधबार ०८:११

असार, धरान – धरान उपमहानगरपालिकाले अव ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङ गर्ने भएको छ । जनजातिकाे सहर भनेर चिनिएको धरानमा अब तीन पाने रक्सीलाई ब्रान्डिङ गर्ने गरी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ ।

उपप्रमुख मञ्जु भण्डारी सुवेदीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमकाे १३० नम्बर बुँदामा उक्त कुरा समेटिएकाे छ । ‘‘आदिवासी जनजातिहरूको पुस्तैनी कला र संस्कृतिको रूपमा रुपान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’ लाई पहिचान र प्रबर्द्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिने छ । यसका लागि सरोकारवाला पक्षहरूसँग समन्वय गरी प्रशोधन र ब्राण्डिङ समेत गरिने छ ।’

यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गरेको धराने कालो बङ्गुरलाई व्यवसायीकरण गरी धरानको आर्थिक समृद्धिसँग जोडिने कार्यक्रम लागू गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*