सरकारले लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय

तामसालिङ खबर
१५ असार २०७७, सोमबार २२:४५

असार, काठमाण्डौ – सरकारले कोरोना महामारीका बिच जारी लकडाउनलाई आउने साउन ७ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । लकडाउन अहिले कायम स्वरुपकै खुकुलो हुने बताइएको छ ।

त्यस्तै, मन्त्रीपरिषद बैठकले सम्पुर्ण हवाइ उडान र सीमा नाका पनि साउन ७ गते सम्म नै बन्द राख्ने निर्णय गरेको छ । गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरे अनुसार हाल स्वास्थ्य सँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ ।

यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ ।

बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिएका छन् । सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*