विदेशमा १ सय ३० जना नेपाली कोरोनाको संक्रमणबाट मृत्यु

तामसालिङ खबर
१६ असार २०७७, मंगलवार १९:०९

असार, काठमाडौं – कोरोनाको संक्रमणबाट विश्वभर १ सय ३० जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण मृत्यु भएको जनाएको हो ।

एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ ।

त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई)मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १/१ जना छन् । यस्तै अन्य मुुलुकमा तीन जनाको मृत्यु भएको छ । यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*