मकवानपुर प्रहरीले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्त सार्वजनिक (भिडियो सहित)

कानुन अनुसार जन्मकैद हुने व्यवस्था रहेको प्रहरीको भनाई, आर्थिक, मानसिक यातना, यौनजन्य कारणले घटना घटेको प्रहरीको निश्कर्ष
तामसालिङ खबर
१५ असार २०७७, सोमबार १३:१९

असार, हेटौँडा – मकवानपुर प्रहरीले १३ दिनको अनुसन्धान पश्चात सुस्मिता क्षेत्री थापाको हत्यामा संलग्न हत्यारालाई सार्वजनिक गरेको छ ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर – ४ कर्रा सुर्यचोक स्थित आफ्नै घरको भान्छाकोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता क्षेत्री थापाको हत्यामा संलग्न ४ जनालाई मकवानपुर प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

उनको हत्यामा उनकै परिवारका ५८ वर्षीय ससुरा प्रकाश थापा, सासु ५० बर्षीया तुलसा थापा, नन्दहरू २७ बर्षीया दुर्गा थापा, २३ वर्षीय सीता थापा संलग्न रहेको मकवानपुर प्रहरी प्रमुख सुशिलसिंह राठौरले बताए ।

घरयासी विबादमा सुस्मितालाई ससूरा, कान्छी नन्दले लाठी र लोहोरोले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आर्थिक, मानसिक यातना, यौनजन्य कारणले घटना घटेको प्रहरीले निश्कर्ष निकालेको छ ।

कानुनी प्रावधान अनुसार मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम क्रुर याताना दिई ज्यान मारेको आरोपमा कसुर जिवित रहे सम्म कैद हुने गरि जन्मकैद हुने ब्यवस्था रहेको प्रहरी प्रमुख राठौरले बताए ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*