नेपाल भारत सीमामा ५ मिटर अग्लो पर्खाल लगाउनुपर्छ – वामदेव गौतम

तामसालिङ खबर
१५ असार २०७७, सोमबार ०७:०१

असार, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल-भारत बीचको खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्नु पर्ने बताएका छन् ।

उनले त्यस्तो प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध गराउनुपर्ने जनाएका छन् । शनिबारको स्थायी समिति बैठकमा गौतले राखेको ६ बुँदे धारणा आइतबार सार्वजनिक गर्दै सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवै तर्फ ५ मिटर अग्ला पर्खाल पनि लगाउनु पर्ने बताएका हुन् ।

उपाध्यक्ष गौतमले दुवै छिमेकी राष्ट्रसँंग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै शान्ति वार्ताबाट नै समस्या समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।

त्यस्तै गौतमले महाकालीनदीको एकिकृत विकास सम्वन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा तत्कालीन एमालेले आफु सहितका १६ जना एमालेका शीर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको थियो ।

पार्टी विरोधी भनेर लगाइएको आरोपसहित पार्टीबाट निष्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस भनेर पनि माग गरेका छन् । – रातोपाटी डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*