अच्युत र सबिनाले ८ किलो ३ सय ग्राम सलह समाते

तामसालिङ खबर
१५ असार २०७७, सोमबार ०६:१६

असार, रुपन्देही – नेपालमा प्रवेश गरेको सलह नियन्त्रणमा लिन सरकारले विभिन्‍न उपाय सुझाइरहेको छ । यस्तै उपाय प्रदेश ५ सरकारले शनिबार सुझाएको थियो । प्रदेश ५ सरकारले शनिबार एक केजी सलह समात्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको थियो ।

प्रदेश ५ सरकारले सलह समातेर नजिकको वडा कार्यालयमा बुझाएमा रकम दिइने बताएको थियो । प्रदेश सरकारले घोषणा गरेको भोलिपल्ट बुटवल महानगरपालिका वडा नम्बर ४ को कार्यालयमा पुगेपछि ८ केजी ३ सय ग्राम सलह बुझाएर दुई जनाले १७० रुपैयाँ बुझेका छन्।

बुटवल उपमहानगरपालिकास्थित लक्ष्मी नगरका अच्युत न्यौपानेले ५ केजी र सविना थारूले प्लास्टिकको झोलामा तीन केजी तीन सय ग्राम सलह समातेकी थिइन् । उनीहरुले आठ केजी तीन सय ग्राम सलह ल्याएपछि वडा कार्यालयले उपमहानगरपालिकाको कार्यालयलाई सिफारिस गरेपछि उक्त रकम पाएका हुन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष टंकप्रसाद पराजुलीले बाँसघारीमा बसेर पानीले भिजेपछि झरेका सलह दुवैजनाले टिपेर ल्याएपछि उक्त रकम भुक्तानीको सिफारिस गरिएको बताए। साढे आठ केजी सलह बराबर न्यौपानेले उपमहानगरबाट एक सय रुपैयाँ र थारूले ७० रुपैयाँ बुझेकी छन्। महानगरले ती सलह कुखुरा पालक किसानलाई दानाका रुपमा प्रयोग गर्न दिएका छन् । – थाहा खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*