गायक सुर्य रुम्बाको ‘दुइ शब्द’ (भिडियो)

तामसालिङ खबर
१३ असार २०७७, शनिबार १०:०९

असार, हेटौडा – लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय मकवानपुरे गायक तथा संगीतकार सुर्य रुम्बाको ‘दुइ शब्द’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । चर्चित मोडल हेरुका लामा र मोडल निराञ्जली लामाको भिडियोमा उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

गीतमा गायक रुम्बा कै शब्द, संगीत र स्वर रहेको छ भने प्रतिक थापाको संगीत संयोजन रहेको छ । भिडियो बिशालराज राईको निर्देशन, राम कुमार केसिको छायांकन, टेकेन्द्र शाहले सम्पादनमा तयार भएको हो । म्युजिक भिडियो रुम्बा टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्बजानिक गरेको छ ।

पहिलो एल्बम ‘नाम’ बाट सांगीतिक क्षेत्रमा प्रबेश गरेका उनि नेपाली पप गीत, तामाङ भाषाको गीत, विभिन्न चलचित्रहरुमा समेत गाइसकेका छन् । हाल उनि बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा कार्यरत छन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*