राजु सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख राहत दिने

तामसालिङ खबर
१३ असार २०७७, शनिबार ०९:३३

असार, धनुषा – आइसोलेसनमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका–७ पर्साहीका राजु सदाको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख राहत दिने भएको छ । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

‘घटनाको छानबिनका लागि सरकारले एक समिति गठन गरिसकेको छ । तत्काल मृतक परिवारलाई राहतस्वरूप पाँच लाख सहयोग गर्ने निर्णय गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राजुको परिवारलाई सहयोग गर्न काठमाडौंका केही युवा पनि अगाडि सरेका छन् ।

सञ्चारकर्मी सन्नी महत, अनि करमा र विनोद गौतमले संयुक्त रूपमा ४० हजार सहयोग गरेका छन् । राजुको परिवारको दयनीय अवस्थाबारे नयाँ पत्रिकामा समाचार पढेपछि उनीहरूले सहयोग रकम पठाएका हुन् । उनीहरूले गरिब, विपन्न तथा समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् ।

१४ जेठमा भारतको चेन्नईबाट फर्किएका १६ वर्षीय राजुलाई गाउँकै क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ राखिएको १० दिनपछि स्वाब संकलन गरेर १४ दिनपछि रिपोर्ट आएको थियो । रिपोर्ट नगेटिभ आएको थियो तर उपेक्षाले उनको मृत्यु भयो । राजधानी दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*