कोरोनाबाट विश्वभर ४ लाख ९० हजारको मृत्यु, संक्रमितको संख्या ९७ लाख नाघ्यो

तामसालिङ खबर
१२ असार २०७७, शुक्रबार ०७:२९

असार, जेनेभा – बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ९० हजार ९ सय ८७ जना मानिसको मृत्यु भैसकेको छ ।

वल्डमिटर्सको शुक्रबार बिहानको तथ्यांक अनुसार कोरोनाबाट संक्रमित व्यक्तिको संख्या ९७ लाख २ हजार १ सय ८९ जना पुगिसकेको छ भने ५२ लाख ५४ हजार ९ सय ६६ जना मानिस निको भएर घर फर्किसकेका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा रहेको वल्डमिटर्सको तथ्यांकमा उल्लेख छ ।

कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*