थाहा नगरको बजेट ८० करोड ५६ लाख (पूर्णपाठ सहित)

तामसालिङ खबर
१० असार २०७७, बुधबार १९:०८

असार, हेटौडा (थाहानगर) – मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ८० करोड ५६ लाख ३३ हजारको अनुमानित बजेट ल्याएको छ । बुधबार बसेको सातौ नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को लागि अन्तरिक स्रोत ५ करोड १५ लाख ६० हजार, राजश्व बाँडफाँड १४ करोड ३७ लाख २० हजार, संघीय सरकारबाट अनुदान ५३ करोड २१ लाख, प्रदेश सरकारबाट अनुदान ७ करोड ८२ लाख ४३ हजारको बजेट सभामा पेश भएको हो ।

नगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । बाँझो जग्गालाई उत्पादनमा प्रयोग गर्न गरिने, उन्नत जातका वीवविजन तथा मल खाद्यको समेत व्यवस्था गरिने, आधुनिक औजारको प्रयोगमा जोड दिइने र कृषि अनुदान वितरण गरिने जस्ता विषय प्रातमिकतामा राखिएको छ ।

उत्पादन भएका तरकारी तथा खाद्यान्नको लागि बजार व्यवस्थापनमा जोड दिइने नगरपालिकाले जनाएको छ ।

नीति तथा कार्यक्रम र बजेट बक्तब्य हेर्नुहोस –

Final Thaha Nagar Niti & Programme 10 Asar 2077-078

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*