बकैया गाउँपालिकाको ६५ करोड १९ लाख (पूर्णपाठ सहित)
असार, हेटौडा (बकैया) – मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ६५ करोड १९ लाख ६९ हजारको अनुमानित बजेट पेश गरेको छ । बुधबार बसेको गाउँसभा बैठकमा उपाध्यक्ष सरला बोलखेले आगामी आवको लागि अनुमानित बजेट सार्वजनिक गर्नुको साथै बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ । त्यस्तै आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमान सहित कूल ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष बोलखेले जानकारी दिएकी हुन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३ करोड ३२ लाख ६० हजार रुपैयाँ राजश्व आय प्रक्षेपण गरेको छ, भने चालु आर्थिक वर्षको ३ करोड ५० लाख रुपैयाँ नगद मौज्दात रहने अनुमान प्रस्तावित बजेटमा छ ।
आगामी आवको लागि नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, खानेपानी, सडक कालोपत्रे, स्वरोजगार, विभिन्न तालिम संचालन लगायका विषयबस्तु समेटिएको छ ।
नीति तथा कार्यक्रम र बजेट बक्तब्य हेर्नुहोस –
आव-२०७७।०७८-को-नीति-कार्यक्रम-तथा-बजेट-pdf-2020-06-24-1008