नेपालमा थप ६२९ जनामा संक्रमण पुष्टि

तामसालिङ खबर
१० असार २०७७, बुधबार १७:१३

असार, काठमाडौं – बितेको २४ घण्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

नयाँ संक्रमितमा १ सय १० जना महिला र ५ सय १९ जना पुरुष रहेका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७ सय २८ पुगेको छ ।

त्यस्तै, बितेको २४ घण्टामा १ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*