मनहरीको बजेट ७६ करोड १६ लाख (पूर्णपाठ सहित)
असार, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ७६ करोड १६ लाख ३५ हजार ४ सय २० को बजेट बिनियोजन गरेको छ ।
गाउँपालिकाको सातौ गाउँसभामा अनुमानित बजेट पेश गर्दै गाउपालिकाकी उपाध्यक्ष मनिला बिष्टले नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी हुन् । विनियोजित बजेट खर्च गर्नको लागि संघीय सरकार र बागमती प्रदेश सरकारको वितिय समानिकरण अनुदान तर्फ क्रमश: १२ करोड ५५ लाख र १ करोड ३ लाख ८४ हजार प्राप्त हुने अनुमान गरिएको उनको भनाइ छ ।
त्यस्तै संघीय र प्रदेश सरकार शर्सत अनुदान तर्फ क्रमश: १८ करोड ४४ लाख र २ करोड ५४ लाख ५५ हजार हुने अनुमान, राजस्व स्रोत बाँडफाँड तर्फ १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने अनुमान, बन रोयल्टीबाट ५० लाख र अन्य सशर्त अनुदान, सामाजिक सुरक्षा रकम तथा आन्तरिक राजस्व परिचालनबाट २५ करोड ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, चालु खर्चतर्फ ३१ करोड ५५ लाख ५५ हजार ४ सय २० रुपैया कुल विनियोजित रकमको ४१.४३ प्रतिशत, पुँजीगत कार्यक्रम तर्फ ४४ करोड ६० लाख ८० हजार रुपैया कुल बिनियोजन रकमको ५८.५७ प्रतिशत बिनियोजन गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा विशेषगरी कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सडक सुधार तथा कालोपत्रे, ग्रामिण विद्युतीकरण, शिक्षा स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने लक्ष्य लिएको छ । गाउसभामा आर्थिक बिधेयक, प्रगति प्रतिबेदन, बिनियोजन बिधेयक समेत पेश गरिएको छ ।
नीति तथा कार्यक्रम तथा बजेट बक्तब्य हेर्नुहोस –
नीति तथा कार्यक्रम २०७७।७८ मनहरी गा पा